११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो प्राप्त



अ+ अ-

काठमाडौँ । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको एग्रिमो प्राप्त भएको छ । संसदीय सुनुवाइ पूरा गरेर एग्रिमोका लागि पठाइएको राजदूतका लागि उहाँको नाम स्वीकृत भएको हो । संसदीय सुनुवाइ पूरा गरेर भारत र अमेरिकाका लागि पनि राजदूतको नाम एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाइएको थियो । तर ती मुलुकबाट अहिलेसम्म एग्रिमो प्राप्त भएको छैन ।

गत कात्तिक महिनामा बेलायतका लागि आचार्यसँगै भारतका लागि डा शङ्कर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीको नाम सिफारिस गरिएको थियो । सरकारले अघिल्लो सरकारका पालामा नियुक्त भएका राजदूत फिर्ता गरेर उहाँहरुको नाम सिफारिस गरेको थियो ।