• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै



काठमाडौँ । ‘मिनि विश्वकप’ भनेर चिनिने युरो कप फुटबल प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ ।

जर्मनीमा हुन गइरहेको यो युरो कपको १७ औं संस्करण हो । जर्मनी र स्पेनले सर्वाधिक ३ पटक उपाधि जितेका छन् । जर्मनी ३ पटक उपविजेता बन्दा स्पेन १ पटक उपविजेता बनेको छ ।

यस्तै, फ्रान्स र इटाली २–२ पटक च्याम्पियन बन्दा रसिया, पोर्चुगल, चेकोस्लोभाकिया, नेदरल्यान्ड्स, डेनमार्क र ग्रीसले १–१ पटक उपाधि जितेका छन् ।

यस पटकको युरो कपलाई ए, बी, सी, डी, ई र एफ गरी ६ समूहमा विभाजन गरिएको छ ।

आज मध्यरातमा १२ः४५ बजे हुने उद्घाटन खेलमा आयोजक जर्मनीले स्टकल्यान्डको सामना गर्दैछ ।