८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ?

रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ?
अ+ अ-

एजेन्सी । शनिबार भारतले दोस्रो पटक टी–२० विश्वकप जित्यो । च्याम्पियन बन्नेबित्तिकै टोलीका तीन दिग्गजहरूले टी–२० अन्तर्राष्ट्रियलाई बिदाई गरे, जसमा कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा समावेश छन् ।

यसैबीच भारतको भावी कप्तान को बन्ला भनेर चर्चा चल्न थालेको छ । यसै सन्दर्भमा यहाँ केही यस्ता खेलाडीहरुबारे चर्चा गरौं जो भारतको टी–२० कप्तान बन्न सक्नेछन् ।

१. हार्दिक पाण्ड्या


कप्तान बन्ने दावेदारको दौडमा हार्दिक पाण्ड्या सबैभन्दा अगाडि छन् । उनीसँग टी–२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ ।

हार्दिकले आफ्नो नेतृत्व कौशलले पहिलो सिजनमा गुजरात टाइटन्सलाई आईपीएल २०२२ को च्याम्पियन बनाए । २०२३ मा पनि आफूलाई प्रमाणित गर्दै टोलीलाई लगातार दोस्रो फाइनलमा पुर्याए, यद्यपि टोली उपविजेता बनेको थियो ।

पाण्ड्याले ५ वटा द्विपक्षीय शृङ्खलामा भारतीय टोलीको कप्तानी गरेका छन् । जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ । टोलीले एउटा मात्र शृङ्खलामा हार बेहोरेको थियो ।

२. ऋषभ पन्त


पन्त १८ महिनाअघि अस्पतालमा थिए र जीवन र मृत्युबीच लडिरहेका थिए, उनको कार दुर्घटना भएको थियो । त्यसपछि पन्त भारतको टी–२० विश्वकप विजेता टोलीको हिस्सा हुनेछन् भन्ने कसैले सोचेका थिएनन् ।

आफ्नो मिहिनेतको बलमा डेढ वर्षमै अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका यी २६ वर्षीय युवाले टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ४२ रनको इनिङ खेल्दै भारतलाई ११९ रनको स्कोरमा पुर्याएका थिए ।

ऋषभले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए । एउटा अनिर्णित रह्यो ।

पन्तसँग आईपीएल खेलमा कप्तानी गर्ने राम्रो अनुभव छ । श्रेयसको चोटपछि उनी २०२१ मा दिल्ली क्यापिटल्सको कप्तान बने र टोलीलाई फाइनलमा पुर्याए ।

पन्तले विकेटको पछाडिबाट खेल चलाइरहन्छन् । उनीमा धोनी जस्ता गुण छन् । उनको कम उमेरका कारण बोर्डले पन्तलाई कप्तान बनाउन सक्छ, किनभने फ्यानहरुको भावना उनीसँग छ ।

३. सूर्यकुमार यादव


सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन् । उनले ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।

सूर्यले मुम्बई इन्डियन्सका खेलाडी हुनुको फाइदा लिन सक्छन् । भारतीय कप्तान रोहित शर्मा पनि मुम्बईका हुन् । मुम्बईका ४ खेलाडीले भारतीय टोलीको कप्तानी गरेका छन् ।

सूर्यकुमार यादवले बोर्डको विश्वास जितेका छन् । भारतीय बोर्डले उनलाई कप्तानका रूपमा ३ वटा असाइनमेन्ट दिएको छ र ती कुनैमा पनि उनी असफल भएका छैनन् । आफ्नै कप्तानीमा उनको रेकर्ड पनि राम्रो छ ।

४. जसप्रित बुमराह


जसप्रित बुमराहले ७० खेलमा ८९ विकेट लिएका छन् । उनको नाममा धेरै कीर्तिमान छन्, तर उनले भारतीय टोलीलाई २ खेलमा मात्रै कप्तानी गरेका छन् र दुवै खेल जितेका छन् । बुमराहले आफ्नो कप्तानीमा खेलेका २ खेलमा ४ विकेट मात्र लिन सकेका छन् ।

रोहित, कोहली र जडेजाको सन्यासपछि बुमराह सबैभन्दा सिनियर हुन् । त्यसैले बोर्डले बुमराहको नाममा विचार गर्न सक्छ ।