८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

बलरको भरमा विश्वकप जितेको भारत

बलरको भरमा विश्वकप जितेको भारत
अ+ अ-

काठमाडौँ । भारत दोस्रो पटक टी–२० क्रिकेटको विश्व च्याम्पियन बनेको एक दिनभन्दा बढी भइसकेको छ । भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको हो । भारतलाई च्याम्पियन बनाउन विशेषतः बलरहरुको भूमिका शीर्ष रह्यो ।

भारतले प्रतियोगितामा कम्तीमा १२ खेलाडीलाई प्रयास गरेको थियो, जसमध्ये ७ बलर थिए । यी बलरहरूले भारतका लागि ८ खेलमा ६४ विकेट लिएका छन्, अर्थात् प्रत्येक खेलमा ८ विकेट । भारतीय बलरहरू प्रत्येक खेलमा लिने औसत विकेटको आधारमा शीर्ष स्थानमा रहे ।

उपविजेता दक्षिण अफ्रिकाका बलरले ६५ विकेट लिए पनि टोलीले भारतभन्दा एक खेल बढी खेलेको थियो । भारतको एउटा खेल वर्षाका कारण अनिर्णित रहनुका कारण यस्तो भएको हो ।

प्रतियोगितामा दुवै टोलीका बलरले सबैभन्दा बढी विकेट लिएकाले फाइनल खेल दुवैबीच भएको थियो । तर, प्रत्येक खेलमा विकेट लिने मामिलामा भारतीय बलरहरू अगाडि रहे, जसका कारण उनीहरूले टोलीलाई च्याम्पियन बनाउन सके ।

फिल्डिङमा पनि भारतले राम्रो गरेको थियो । त्यसैको आधारमा टोलीले ८ विपक्षी टोलीमध्ये ३ ओटालाई अलआउट गर्यो । समूह चरणमा आयरल्यान्डलाई मात्रै अलआउट गर्न सके पनि सुपर–८ मा भारतले अफगानिस्तान र सेमिफाइनलमा इङ्ल्यान्डजस्तो बलियो टोलीलाई अलआउट गर्यो ।

भारतले सुपर–८ चरणमा ३ फास्ट बलर र समूह चरणमा ४ फास्ट बलरलाई मौका दिएको थियो । अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले सबै खेल खेले । जहाँ कप्तान रोहित शर्माले मोहम्मद सिराजलाई अमेरिकाको गति मैत्री पिचमा मौका दिएका थिए ।

यी चार बलरले एकसाथ ६.१८ को इकोनोमीमा रन खर्च गरे र प्रतियोगितामा सर्वाधिक ४४ विकेट लिए । यसको मतलब भारतीय बलरहरूले प्रत्येक २ खेलमा १३ विकेट लिएका थिए । जुन २० टोलीमध्ये सबैभन्दा बढी हो । भारतपछि दक्षिण अफ्रिकाका फास्ट बलरले प्रतियोगितामा ४१ विकेट लिएका छन् ।

भारत र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल गुयानामा भएको थियो । यहाँ स्पिनले सहयोगी पिच पाए, जहाँ कुलदीप यादव र अक्षर पटेलले ३–३ विकेट लिएर इङ्ल्यान्डलाई ब्याकफुटमा धकेले ।

भारतका स्पिनरहरूले प्रतियोगितामा २० विकेट लिएका थिए, जसको अर्थ उनीहरूले प्रत्येक २ खेलमा ५ विकेट लिएका थिए । जुन दक्षिण अफ्रिका र वेस्ट इन्डिजपछिको उत्कृष्ट हो ।