३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि



अ+ अ-

एजेन्सी । कुवेतको मङ्गाफ सहरमा रहेको ६ तले भवनमा बुधबार आगलागी हुँदा ४९ कामदारको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार मारिनेमा ४२ जना भारतीय रहेका छन् । एएनआईका अनुसार ती मध्ये १२ जना केरलाका र ५ जना तमिलनाडुका थिए । केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्ज कुवेत प्रस्थान गरेकी छन् ।

अन्य मृत्यु हुनेमा पाकिस्तान, फिलिपिन्स, इजिप्ट र नेपालका रहेका छन् । दुर्घटनापछि भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह कुवेत पुगेका छन् ।

उनले भवनमा आगलागीका कारण केही शव नराम्ररी जलेकाले पहिचान हुन नसकेको बताए । भवनको सिँढीमा धेरै शव भेटिएका थिए । भारतको एयर फोर्स वन विमान शव ल्याउन तयार रहेको बताइएको छ ।

आगलागीका कारण मच्चिएको भागदौडका बीच धेरै मानिसहरु आत्तिएर भवनको झ्यालबाट हाम फाले । धेरै मानिस भवन भित्र फसेका थिए र धुवाँमा निसास्सिएर मरेका थिए ।

कुवेतमा भवनमा लागेको यो अहिलेसम्मकै सबैभन्दा भीषण आगलागी हो । मृत्यु हुनेको संख्यामा यो देशकै दोस्रो ठूलो आगलागी हो । यसअघि सन् २००९ को अगस्टमा आफ्नो पतिको दोस्रो विवाहबाट आक्रोशित एउटी महिलाले जाहरा सहरमा रहेको विवाह पालमा आगो लगाउँदा ५६ जना महिला र बालबालिकाको ज्यान गएको थियो ।