• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

मलेसियामा भेटियो ‘राक्षस फूल’



राफ्लेसिया फूललाई प्राय ‘राक्षस फूल’ को नामले चिनिन्छ । यसको परजीवि गुण र प्रतिकूल दुर्घन्धका कारण यो फूललाई राक्षस भनिएको हो । इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरुले सबैभन्दा ठूलो र लामो राक्षसी फूल भेट्टाएका छन् । पश्चिम सुमात्राको जंगलमा फूलेको राफ्लेसिया बोट झन्डै ४ फिटको छ ।

प्राकृतिक स्रोत तथा संरक्षण केन्द्रका अनुसार पश्चिम सुमात्रामा फुलेको राफ्लेसिया फूल अहिलेसम्मको ठूलो फूल हो । सन् २०१७ मा पनि यो स्थानलाई सबैभन्दा ठूलो राक्षसी बोट पाउने स्थानको रुपमा रेर्कड कायम गरिएको थियो। त्यो समयमा राफ्लेसिया ४ इन्चको मात्र थियो ।

यो विरुवाको कुनै पात र हांगा छैन, यो परजीवी हो । फूलको डरलाग्दो मुखले सडेको मासुको जस्तै गन्धको फाल्ने गर्छ । यसलाई ‘लाशको फूल’ उपनाम दिइएको छ । यसको दुर्घन्धले किराहरुलाई आकर्षित गर्छ । यसको जीवन छोटो छ । यो फूलको मुख एक हप्तासम्म खुला रहन्छ र बोट मर्नुअघि नै फूल मर्छ ।