२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको प्रत्येक खेलमा १०० रन बन्ने वित्तिकै १० वटा किटहरू कसलाई दिइन्छ ?



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा १०० रन बनाउँदा एउटा विशेष काम गरिन्छ । प्रत्येक १०० रनका लागि १० किटहरू वितरण गरिन्छ । तपाईहरुले खेल हेर्दै गर्दा स्क्रिनमा १०० रन पूरा भएपछि यसबारे जानकारी गराइएको पनि याद गर्नुभएको होला ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र डीपी वर्ल्डबीच साझेदारी छ । डीपी वर्ल्डले विश्वकपमा १०० रन बनेपछि १० थान क्रिकेट किट वितरण गर्ने निर्णय गरेको छ । यसलाई बियोन्ड बाउन्ड्रीज इनिसिएटिभ नाम दिइएको छ ।

यसमा क्रिकेट किट तथा उपकरण पुनः निर्माण गरिएको ढुवानी कन्टेनरमार्फत पुर्‍याएर सर्वसाधारणलाई सशक्त बनाउने निर्णय गरिएको छ । विशेष कुरा के छ भने यो निर्णय विश्वकप सुरु हुनुभन्दा एक साँझ अघि लिइएको हो ।

२,५०० भन्दा बढी किटहरू पहिले नै वाचा गरिएको छ । यो निर्णयमा आईसीसी प्रतियोगितामा प्रत्येक १०० रन बनाएकाले १० किट वितरण गर्ने निर्णय गरिएको थियो ।

अब प्रश्न उठ्छ कि यो क्रिकेट किट कसलाई बाँडिन्छ र कसले लिन्छ ?

भारत, दक्षिण अफ्रिका र यूएईका हजारौं महत्वकांक्षी क्रिकेटरहरूलाई १,७५० किटहरू वितरण गरिएको छ । यस पहलमा भविष्यमा क्रिकेटर बन्ने सपना देखेका र किट किन्न पैसा नभएका मानिसहरूलाई क्रिकेट किट वितरण गरिएको छ ।