६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमाथि दक्षिण अफ्रिकाको चौथो जित, नासाउ पिचमा ११३ रनको स्कोर पनि पछ्याउन सकेन



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । टी–२० विश्वकपमा अफ्रिकी टोलीले बंगलादेशलाई लगातार चौथो खेलमा पराजित गरेको हो । यी दुईबीच अहिलेसम्म ४ खेल मात्र खेलिएका छन् ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशी टोलीले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

लेग स्पिनर केशव महाराज यस जितको नायक बने । उनले अन्तिम ओभरमा ११ रन बचाए । यो ओभरमा महाराजले २ विकेट पनि लिए । उनले कुल ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच हेनरिक क्लासेन भए । उनले ४४ बलमा ४६ रनको उपयोगी इनिङ खेले ।

यस्तै, डेभिड मिलरले २९ रनको योगदान दिए । दुवैले ५औं विकेटका लागि ७९ बलमा ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सयको आँकडा पार गराए । बंगलादेशका तनजित हसन शकिबले ३ विकेट लिए । तस्किन अहमदले २ विकेट लिए । रिशाद हुसेनले पनि सफलता हात पारे ।

बंगलादेशका लागि तौहिद हरदोयले सर्वाधिक ३७ रनको इनिङ खेले । महमुदुल्लाहले २० रन बनाए । केशव महाराजले ३ विकेट लिए भने कागिसो रबाडा र एनरिक नोर्त्याले २/२ विकेट लिए ।