२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डलाई हराउँदै टोटनहम लिगकपको फाइनलमा



अ+ अ-

लन्डन । मंगलबार टोटनहम लिगकपको फाइनल यात्रा तय गर्न सफल भएको छ । उसले दोस्रो डिभिजनको क्लब ब्रेन्टफोर्डलाई २–० ले हरायो र त्यसमा मोउसा सिसोको र सन ह्युङ–मिनले गोल गरे । अब अप्रिलमा हुने फाइनलमा टोटनहमको सामना म्यानचेस्टर युनाइटेड अथवा म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग हुनेछ ।

लन्डन क्लब ब्रेन्टफोर्ड ठूलो प्रतियोगिताको सेमिफाइनल पहिलो पल्ट लिगकप खेलिरहेको थियो । फ्रान्सेली मिडफिल्डर सिसोकोले १२ औं मिनेटमा टोटनहमका लागि पहिलो गोल गरे । जोसे मोउरिन्होको टिमका लागि लयमा रहेका दक्षिण कोरियाली खेलाडी ह्युङ–मिन ७० औं मिनेटमा दोस्रो गोल थपे ।

टोटनहमले लिगकप चार पल्ट जितिसकेको छ, तर सन् २००८ को यही प्रतियोगिताको फाइनलमा चेल्सीलाई हराएयता कुनै ठूलो उपाधि जित्न सकेको छैन । फाइनल वेम्बलीमा अप्रिल २५ मा हुनेछ । दर्शकको प्रवेशको सम्भावना कायम राख्न फाइनल पछाडि सारिएको हो । बुधबार दुई म्यानचेस्टर क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।