३ पुष २०८२, बिहीबार
,
Latest
विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डलाई हराउँदै टोटनहम लिगकपको फाइनलमा



अ+ अ-

लन्डन । मंगलबार टोटनहम लिगकपको फाइनल यात्रा तय गर्न सफल भएको छ । उसले दोस्रो डिभिजनको क्लब ब्रेन्टफोर्डलाई २–० ले हरायो र त्यसमा मोउसा सिसोको र सन ह्युङ–मिनले गोल गरे । अब अप्रिलमा हुने फाइनलमा टोटनहमको सामना म्यानचेस्टर युनाइटेड अथवा म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग हुनेछ ।

लन्डन क्लब ब्रेन्टफोर्ड ठूलो प्रतियोगिताको सेमिफाइनल पहिलो पल्ट लिगकप खेलिरहेको थियो । फ्रान्सेली मिडफिल्डर सिसोकोले १२ औं मिनेटमा टोटनहमका लागि पहिलो गोल गरे । जोसे मोउरिन्होको टिमका लागि लयमा रहेका दक्षिण कोरियाली खेलाडी ह्युङ–मिन ७० औं मिनेटमा दोस्रो गोल थपे ।

टोटनहमले लिगकप चार पल्ट जितिसकेको छ, तर सन् २००८ को यही प्रतियोगिताको फाइनलमा चेल्सीलाई हराएयता कुनै ठूलो उपाधि जित्न सकेको छैन । फाइनल वेम्बलीमा अप्रिल २५ मा हुनेछ । दर्शकको प्रवेशको सम्भावना कायम राख्न फाइनल पछाडि सारिएको हो । बुधबार दुई म्यानचेस्टर क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।