२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको खतरा बढ्दै गएपछि जर्मनीमा कडा लकडाउनको घोषणा



अ+ अ-

काठमाडौँ। बेलायतपछि जर्मनीले कडा लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको खतरा बढ्दै गएपछि जर्मनीले देशव्यापी लकडाउन घोषणा गरेको हो। जर्मन चान्सलर एन्जेला मर्केलले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ।

कोरोना महामारीको शुरु भएदेखि जर्मनीमा ३० डिसेम्बर २०२० मा पहिलो पटक एक दिनमा एक हजार भन्दा बढी संक्रमित मृत्यु भएको थियो। राष्ट्रिय रोग नियन्त्रण, रोबर्ट कोच संस्थानले बुधबारमात्रै (हिजो) ११२९ जनाले कोरोनाका कारण ज्यान गुमाएको रिपोर्ट गरेको छ। यसको एक हप्ता अघि जर्मनीमा एक दिनमा ९६२ जनाको मृत्यु भएको थियो। जर्मनीमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ हजार १ सय ७ पुगेको छ।

चान्सलर एन्जेलाले भन्नुभयो, ’ हामी महिनाको अन्त्यसम्ममा देशव्यापी लकडाउन विस्तार गर्दैछौं र कोरोनो भाइरस संक्रमणलाई रोक्न कडा र नयाँ प्रतिबन्ध लगाउँदैछौं।’ जर्मनीमा १६ डिसेम्बरबाट विद्यालय अधिकांश पसलहरू बन्द गरिएपछि व्यापकरुपमा प्रतिबन्ध लगाइएको थियो। जसलाई १० जनवरीसम्म लागू गर्न आदेश दिइएको थियो। तर, यतिबेला संक्रमण र मृत्यु दर बढ्न थालेपछि यी प्रतिबन्धहरूलाई थप विस्तार गरिएको छ।

जर्मनीमा महामारीको पहिलो लहरको तुलनामा मृत्युदर तुलनात्मक रूपमा कम थियो, तर दोस्रो लहर आएपछि हालका हप्ताहरुमा मृत्यु हुनेको संख्यामा तिब्ररुपमा बढेको छ। यद्यपि, जर्मनीको मृत्यु दर प्रमुख युरोपेली देश इटाली, बेलायत, फ्रान्स र स्पेनको तुलनामा कम रहेको छ।