३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले आयरल्याण्डलाई १२ रनले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा क्यानडाले पहिलो जित हात पारेको छ । प्रतियोगितामा पहिलो पटक खेलेको यो टोलीले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

लगातार दोस्रो खेलमा टेष्ट खेल्ने राष्ट्रले तल्लो वरीयताको टोलीसँग हार बेहोरेको छ । एक दिनअघि पाकिस्तानी टोली अमेरिकाको सिकार बनेको थियो ।

न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा आयरल्याण्डले टस जितेर बलिङ रोजेको थियो । क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

खेलको प्लेयर अफ द म्याच निकोलस किर्टन भए । उनले ४९ रनको महत्वपूर्ण इनिङ खेले । साथै श्रेयस मोभ्वासँग ७५ रनको महत्वपूर्ण साझेदारी गरे ।

निकोलस किर्टनले ४९ र श्रेयस मोभाले ३७ रन बनाए । यी दुईबीच पाँचौं विकेटका लागि ७५ रनको साझेदारी भयो । क्रेग योङ र ब्यारी म्याकार्थीले २–२ विकेट लिए । मार्क एडेयर, ग्यारेथ डेलानी र कर्टिस क्याम्फरले समान १–१ विकेट लिए ।

रन पछ्याउने क्रममा आयरल्याण्डका लागि मार्क एडेयरले अविजित ३४ र जर्ज डकरेलले अविजित ३० रन बनाए । दुवैले ६२ रनको साझेदारी गरे । डिलोन हेलिगरले २ विकेट लिए । जेरेमी गोर्डन, जुनैद सिद्दिकी र साद बिन जफरले एकएक विकेट लिए ।