• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

नासाउको ड्रप-इन पिच विवादमा, भारत–पाकिस्तानको खेलअघि मर्मत गरिदै



एजेन्सी । न्युयोर्कको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खतरनाक पिचलाई लिएर विवाद भएको छ । यहाँ खेलिएका खेलमा लगातार कम स्कोर बनेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का लागि चिन्ताको विषय बन्दै गएको छ ।

बुधबार भारत र आयरल्यान्डबीचको खेलमा ड्रप-इन पिचमा असामान्य बाउन्स देखिएको थियो, जसका कारण भारतीय कप्तान रोहित शर्मा र विकेटकिपर ऋषभ पन्त घाइते समेत हुन पुगेका । रोहित चोटग्रस्त भएर रिटायर हुनु पर्यो। जुन ९ मा यहि मैदानमा भारत–पाकिस्तान हाईभोल्टेज खेल हुँदैछ ।

नासाउको ड्रप-इन पिचमा दुई विश्वकप खेलहरू खेलिएकोमा कुनै पनि टोलीले १०० रन भन्दा बढी बनाउन सकेको छैन। यस मैदानमा बुधबार भएको भारत र आयरल्याण्डको खेल २८.२ ओभरमा मात्र सकिएको थियो । यहाँ टस हारेर ब्याटिङ गरेको आयरल्याण्डको टोली १६ ओभरमा ९६ रनमा अलआउट भएको थियो भने भारतले २ विकेट गुमाएर १२.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

पहिलो खेलमा श्रीलंकाको टोली ७७ रनमा अल आउट भएको थियो भने दक्षिण अफ्रिकाले १६.२ ओभरमा लक्ष्य पछ्याएको थियो । यस खेलमा १४ मध्ये ९ विकेट फास्ट बलरले लिएका थिए ।

आईसीसीले भारत–पाकिस्तानको म्याचअघि नै ड्रप इन पिच मर्मत गर्न थालेको छ । बुधबार राति भारत र आयरल्याण्डको खेलपछि आईसीसी पिच क्युरेटर र कर्मचारीले पिच मर्मत गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड र विक्रम राठोडले पनि क्युरेटरलाई निर्देशन दिइरहेका बताईएको छ ।

भारत–आयरल्याण्ड म्याचमा असामान्य बाउन्स भएको थियो । जुन अहिले विवादित भएको छ ।जसप्रित बुमराहले आयरल्याण्डको छैटौं ओभरमा बलिङ गर्दा बल असामान्य तरिकाले बाउन्स भएको थियो। बुमराहले सर्ट लेन्थमा फ्याकेका बल बाउन्स भएर लोर्कन टकरको हेल्मेटमा लागेपछि उनी क्याच आउट भए ।

त्यसपछि, भारतीय इनिङ्सको १० औं ओभरमा मार्क एडेयरको बल रोहित शर्माको काँधमा लागेर उनी रिटायर हर्ट भएका थिए।पछि ११ औं ओभरमा जोशुआ लिटिलको पहिलो बल असामान्य बाउन्सका कारण ऋषभ पन्तको कुहिनोमा लागेको थियो । यस्तै, १३ औं ओभरमा म्याकार्थीको बल बाउन्स भएपछि पन्तको छातीमा लागेर घाईते भएका थिए ।

नासाउको पिचमा किन हुँदैछ असामान्य बाउन्स ?

अष्ट्रेलियाको एडिलेडमा तयार पारिएको यस रंगशालामा ड्रप-इन पिचहरू प्रयोग गरिएको छ। मैदानमा बस्नका लागि ड्रप-इन पिचहरू राम्ररी रोल गरिएको थियो, तर गत हप्ता खराब मौसमका कारण पिचहरू रोल हुन सकेका छैनन् । जसको कारणले गर्दा पिचमा असामान्य बाउन्स भईरहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्: टी–२० विश्वकपको लागि अमेरिकाले बनायो मोड्युलर स्टेडियम, अष्ट्रेलियाबाट मगाईयो पिच