६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ?

बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ?
अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि नेपाली कांग्रेसमा बेचैनी बढेको छ । प्रहरीले शरणार्थी प्रकरणमा अर्को चरणका अनुसन्धानसमेत अघि बढाएको छ । योसँगै कांग्रेसभित्र तरंग सिर्जना भएको हो ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाँणविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । त्यस्तै यो प्रकरणमा सरकारका सचिवदेखि राजनीतिक दलका उच्च तहका नेताहरुसम्म संलग्न रहेको पाइएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिले पनि जेलमा छन् ।

शरणार्थी प्रकरणमा फरार रहेका बेचन झाले अब धेरै कुरा सार्वजनिक गर्ने आशंका नेताहरुको छ । यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाकोसमेत संलग्नताको आशंका गरिँदै आएको छ । यसअघि पक्राउ परेका केहीले आरजुको नाम लिएका थिए । तर प्रहरीले अहिलेसम्म आरजुलाई बयानका लागिसम्म बोलाएको छैन । तर झा पक्राउ परेपछि आरजुको नाम लिने र केही प्रमाणसमेत देखाउने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ ।

झाले राजनीतिको माथिल्ला तहको संरचना खुलाउन सक्ने भय कांग्रेसका नेताहरुमा छ । अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरीले त्योभन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजी गर्न फाइल खुला राखेको थियो । सोहीअन्तर्गत अहिले दोस्रो चरणको अनुसन्धान थालेको प्रहरी एक वर्षपछि झालाई पक्राउ गर्न सफल भएको हो ।

उनी पक्राउ परेलगत्तै सत्तारुढ र विपक्षी दलका नेताहरुको घरदेखि सिंहदरबारसम्म भइरहेका पारिवारिक र अफिसियल भेटघाट यसैको तरंग भएको बताइएको छ ।

गत वर्ष खुलेको यो ठूलो आपराधिक प्रकरणमा प्रहरीले गरेको अनुसन्धानले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डे सम्मलाई जेल पुर्‍यायो । खाण उच्च अदालतको आदेशले धरौटीमा रिहा भएर अहिले मुद्दा खेपिरहेका छन् भने अन्य कारगारमै छन र मुद्दा चलिरहेको छ । तर मुख्य कुरा के हो भने त्यतिबेला पक्राउ परेका व्यक्तिहरुलाई मुद्दा चलाएर जेल चलान गरिए पनि प्रहरीले फाइल भने बन्द गरेको थिएन ।
प्रहरीले अनुसन्धानले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना मन्त्रिपरिषद्बाट निर्णय गराउने जिम्मा लिने मुख्य व्यक्ति भने यिनै झा भएको देखिएको छ । किनकी यो कुरा यसै मुद्दामा अहिले कारागारमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीको बयानबाटै खुलेको थियो ।

सचिव पाण्डेले भुटानी शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रुपमा विकास गरेको बयान दिँदै, गृह मन्त्रालयमा राजनीतिक तहको सम्पर्कमा आएको व्यक्ति नै झा भएको प्रस्ट बताएका छन् । उनले झाको बयानले नै कुन तहसम्मको राजनीतिक नेक्सस हो खुल्न सक्ने पनि बताएका छन् । झाको संलग्नताबारे अर्का आरोपी रामशरण केसीको थप खुलासा छ । केसीले बयानमा २०७८ मंसिर १३ गते मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीसम्बन्धी केही निर्णय हुने र त्यसका लागि झाले पैसा मागेको खुलासा गरेका छन् । उनले, २०७८ मंसिर ८ गते रातको ८ बजे नयाँ बानेश्वरमा झालाई भेटेर दुई करोडको चेक दिएको बयानमा उल्लेख गरेका छन् ।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने बिचौलियाको परियोजनामा, भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख नामहरु हटाएर पैसा बुझाउनेहरुको नाम राखिएको थियो । त्यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्बाट पास गराउने जिम्मेवारी झाले लिएको शरण केसीको बयानमा उल्लेख छ । त्यो नक्कली प्रतिवेदन मन्त्रिपरिषद्बाट पास गराउने तयारी गर्दै गर्दा प्रधानमन्त्री, शेरबहादुर देउवा थिए ।

तत्कालीन गृहमन्त्री खाँणलाई मनाएर उनीसमेत सहमत भइसकेको अवस्थामा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहजै सकिने भयो । तर पास गराउन प्रधानमन्त्री समेतको सहमति आवश्यक पर्ने हुन्छ । अब प्रश्न उठ्छ, मन्त्रिपरिषद् बैठकमा लगेर पारित गराउने त्यति ठूलो काम गर्ने जिम्मा झाले कसको आडमा लिए ? उनको गिरफ्तारीपछि अबको अनुसन्धान त्यसतर्फ केन्द्रित हुने प्रहरी स्रोत बताउँछ । झाले लिएको भनिएको दुई करोड उनले कसलाई बुझाए ? उनको बयानबाटै खुलाउने प्रहरीको तयारी छ ।

तत्कालीन गृहमन्त्री र सचिवसमेत पक्राउ परिसकेको अवस्थामा प्रहरीले बेचन झामार्फत दोस्रो चरणको अनुसन्धान अगाडि बढाउन खोज्नुले पनि यो मुद्दामा उच्चस्तरीय राजनीतिक नेक्सस रहेको आशंका देखाउँछ । प्रहरी स्रोतको दाबीअनुसार, झाको बयान र अहिलेसम्मको अनुसन्धानबाट, नक्कली शरणार्थी प्रकरणमा यसअघि पनि नाम जोडिएकी आरजु राणा देउवातर्फ शंकाको सुई घुम्न सक्छ । किनभने यसअघि पनि सन्देश शर्मा नाम गरेका अर्का आरोपीले पनि आरजुकै नाम लिएर पैसा असुल गरेको अडियो बाहिर आएको थियो । जुन अडियो प्रयोगशाला परीक्षणबाटै पुष्टि भइसकेको छ । यसले पनि झाको पक्राउले नेपाली कांग्रेसको बेचैनी बढाएको छ ।