६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाबहिलमा एक पुरुषले पेट्रोल छर्किएर आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए



अ+ अ-

काठमाडौँ । चाबहिलमा एक पुरुषले आफू, श्रीमती र तीन छोरीसहित स–परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति ८ः३० तिर ५२ वर्षिय चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थियो । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएको पाइएको छ ।

गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धीको आईसीयूमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।