१९ भाद्र २०८३, शुक्रबार
,
Latest
अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाबहिलमा एक पुरुषले पेट्रोल छर्किएर आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए



अ+ अ-

काठमाडौँ । चाबहिलमा एक पुरुषले आफू, श्रीमती र तीन छोरीसहित स–परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति ८ः३० तिर ५२ वर्षिय चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थियो । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएको पाइएको छ ।

गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धीको आईसीयूमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।