२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पे रियल मड्रिडमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । फ्रेन्च स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् ।

रियलले सामाजिक संजाल मार्फत उनलाई टोलीमा भित्र्याएको जनाएको छ । एमबाप्पेसँग रियलले आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ ।

‘एउटा सपना साकार भएको छ । मेरो सपनाको क्लबमा सामेल हुन पाउँदा धेरै खुसी छु, म रियल मड्रिडमा सामेल हुन पाउँदा गर्व गरेको छु ।’ एमबाप्पेले भनेका छन् । ‘म अहिले कति उत्साहित छु भनेर कसैले बुझ्न सक्दैन ।’

पिएसजीको इतिहासमा उनी सर्वाधिक गोलकर्ता हुन् । उनले १७८ खेलमा १६२ गोल गरेका छन् । यस्तै, फ्रान्सबाट ७७ खेलमा ४६ गोल गरेका छन् ।