५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच टोलीको बिदाई गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आईतबार टोलीलाई बिदाइ गर्नुभयो । नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ ।

२३ सदस्यीय नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई र मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मनिष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई र फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान रहेका छन् ।

दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ । नेपालले युएईबिरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दैछ ।

दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि साउदी अरबमा खेल्न लागेको हो ।




भर्खरै