२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः यी ५ फास्ट बलरबीच सर्वाधिक विकेट लिन प्रतिस्पर्धा हुनेछ



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ जुन २ बाट सुरु हुँदैछ । यो टी–२० विश्वकपको ९औँ संस्करण हो, जसमा २० टोली आमने सामने हुनेछन् ।

यहाँ ब्याट्सम्यानले मात्रै हैन, फास्ट बलरले पनि आफ्नो बलिङले प्रभाव पार्नेछन् । यस्तो अवस्थामा सबैको नजर ती पाँच फास्ट बलरमाथि हुनेछ जसको अगाडि ठूला ब्याट्सम्यान पनि झुक्न सक्छन् ।

अष्ट्रेलिया, भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड टिममा यस्ता फास्ट बलर छन् जसको गति १४० किलोमिटर प्रतिघण्टाभन्दा माथि छ । जसमा मिचेल स्टार्क, जसप्रित बुमराह, शाहिन अफ्रिदी, जोफ्रा आर्चर र ट्रेन्ट बोल्ट रहेका छन् ।

मिचेल स्टार्कः मिचेल स्टार्क अस्ट्रेलियाका फास्ट बलर हुन् । स्टार्कले १६०.४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । मिचेल स्टार्कले टी–२० विश्वकपमा हालसम्म २० खेल खेलिसकेका छन् । यी २० खेलमा उनले ८.३५ को इकोनोमीमा ७९ ओभर बलिङ गर्दै २७ विकेट लिएका छन् ।

शाहीन अफ्रिदीः शाहीन अफ्रिदी पाकिस्तानका फास्ट बलर हुन् । शाहिन अफ्रिदीले १५४.४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । अफ्रिदीले टी–२० विश्वकपमा अहिलेसम्म १३ खेल खेलिसकेका छन् । यी १३ खेलमा उनले ४९.१ ओभर बलिङ गर्दै ६.५९ को इकोनोमीमा १८ विकेट लिएका छन् ।

जोफ्रा आर्चरः जोफ्रा आर्चर इंग्ल्याण्डका फास्ट बलर हुन् । आर्चरले १५३.६२ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । जोफ्रा आर्चरले एउटा पनि टी–२० खेल खेलेका छैनन् । टी–२० विश्वकप उनको डेब्यू टी–२० विश्वकप हो । तर, जोफ्रा आर्चरले अहिलेसम्म १७ टी–२० खेल खेलिसकेका छन् । यी १७ खेलमा उनले ७.६४ को इकोनोमीमा २१ विकेट लिएका छन् ।

जसप्रित बुमराहः जसप्रित बुमराह भारतका फास्ट बलर हुन् । बुमराहले १५३.२६ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । बुमराहले टी–२० विश्वकपमा अहिलेसम्म १० खेल खेलिसकेका छन् । यी १० खेलमा उनले ३८.४ ओभर बलिङ गर्दै ६.४१ को इकोनोमीमा ११ विकेट लिएका छन् ।

ट्रेन्ट बोल्टः ट्रेन्ट बोल्ट न्युजिल्यान्डका फास्ट बलर हुन् । बोल्टले १४३.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । ट्रेन्ट बोल्टले टी–२० विश्वकपमा अहिलेसम्म १४ खेल खेलिसकेका छन् । यी १४ खेलमा उनले ५५.४ ओभर बलिङ गर्दै ६.५७ को इकोनोमीमा २५ विकेट लिएका छन् ।