१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताउनुभएको छ ।

त्यस क्रममा बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

आज थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहर पानी प्रशोधन ‘प्लान्ट’को निरीक्षण गर्दै मन्त्री घिसिङले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम सुरु भए पनि नदी वरिपरिका रुख कटानी र त्यस क्षेत्रको ठाउँ तयार गर्न समय लागेको बताउनुभयो । उहाँले बागमती नदी सफा गर्न गुह्येश्वरीमा ‘प्लान्ट’ बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा ‘प्लान्ट’ बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङको भनाइ थियो । उहाँका अनुसार ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पु¥याउने योजना सुनाउनुभयो ।

मन्त्री घिसिङले भन्नुभयो, “यता काठमाडौँपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ, तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।”

काठमाडौँ उपत्यकाका सबै नदी सफा गर्नका लागि प्रतिदिन छ सय ‘एमएलडीको प्लान्ट’ आवश्यक पर्ने भए पनि हाल उपत्यकामा निर्माणधीन ‘प्लान्ट’ त्यसको २० प्रतिशत मात्रै भएको उहाँले उल्लेख गर्नुभयो । हाल एडिबीको रु तीन अर्ब १८ करोड लगानीमा ‘प्लान्ट’ निर्माणको काम भइरहेको पनि मन्त्री घिसिङले जानकारी दिनुभयो । रासस