१९ श्रावण २०८३, मंगलवार
,
Latest
आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ: बालेन



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।

सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुन:स्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा बालेनले सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो नहुने तर त्यति नै ठाँउमा फुटपाथ बनाउँदा साँघुरो हुने कसरी भनि प्रश्न गरेका छन् ।

डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा महानगरले फुटपाथ बढाउन सडक काटेपछि कार्यालयले दुई दिन भित्र सडक जस्ताको तस्तै बनाउन अल्टिमेटम दिएको थियो ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको जिकिर गरे ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायिक, सुन्दर बनाउन एकजुट हुनुपर्ने बताउदै उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन आग्रह गरे ।

मेयर शाहको स्ट्याटस यस्तो छ:

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।