८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन

गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन
अ+ अ-

काठमाडौँ। सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा गृहमन्त्रीद्वारा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ ।

मंगलवार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको धारणा सार्वजनिक गर्नुभएको हो ।

मन्त्री पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी वस्तुस्थितिको बारेमा जानकारी लिएको र समस्या समाधानका लागि संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताउनु भयो ।

पूर्वी तराईका जिल्लाहरूको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनका पीडित पक्षहरूसँग भेटघाट र छलफल गर्नुभएको थियो ।

सोही क्रममा भएका भनिएका सहमतिबारे प्रष्टीकरण दिँदै मन्त्री पोखरेलले कुनै एउटा विशेष बुँदामा आधारित भएर प्रश्न उठे त्यसको विस्तृत र आधिकारिक जानकारी स्वयं गृहमन्त्रीले नै गराउनुहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युले गर्नुभएको सम्झौता भनिएको विभिन्न स्टेकहोल्डरहरुसँग उहाँले भेट्नुभयो । कति स्टेकहोल्डरहरुसँग उहाँले त्यहाँ बसेर कुराकानी पनि गर्नुभयो । र अहिले तत्कालका लागि विभिन्न विषयमा छलफल गर्न आवश्यक भए छलफल गर्न सकिन्छ । कुनै विशेष कुनै मुद्दामा पोजेटिभ नेगेटिभ भन्दा भन्दा पनि समग्र विषयहरु जुन उठान भएका छन्, ती विषयहरुमा छलफल गर्न सकिन्छ भन्ने खालको मात्र उहाँले गर्नुभएको छ । त्योभन्दा बाहेक विशेष कुनै एउटा बुँदामै रहेर त्यो प्रश्न भए गृहमन्त्रीज्यु उहाँले नै यसको बारेमा जानकारी गराउनुहुनेछ । सरकारको तर्फबाट त्यस्तो कुनै एउटा विषयवस्तुमा पोजेटिभ नेगेटिभ हुनेगरी सम्झौता भएको छैन । अर्को विषय भनेको चाहीँ अहिले त्यो छानबिन समितिले कसैको त्यहाँ कमजोरीहरु औंल्याएको हुनसक्ने भन्ने विषयमा त्यो छानबिन समितिबाट आएको रिपोर्ट सरकार समक्ष आइसकेपछि निष्पक्ष रुपमा जे सुझाव गरिएको हुन्छ, त्यो छानबिन रिपोर्टले जे देखाएको हुन्छ, त्यहीअनुसार सरकारले काम–कारबाही अगाडि बढाउँछ ।’

हालका लागि आन्दोलनरत पक्षका मागहरू र समग्र शान्ति सुरक्षाको अवस्थाबारे संवादको ढोका मात्र खुला राखिएको र कुनै ठोस सहमति भइनसकेको सरकारको अडान छ । –न्युज एजेन्सी नेपाल