७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

तीन दिने खेलकुद प्रदर्शनी शुरु

तीन दिने खेलकुद प्रदर्शनी शुरु
अ+ अ-

काठमाडौँ। नेपाली खेलकुद इतिहास र उपलब्धिलाई संरक्षणका साथै प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको तीन दिने खेलकुदसम्बन्धी प्रदर्शनी मंगलबारबाट शुरु भएको छ ।

नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आयोजनामा नेपाल आर्ट काउन्सिलमा सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे ।

पहिलो दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता र तेक्वान्दोका सफल पूर्वखेलाडी दीपक बिष्टलगायतले खेलकुद प्रदर्शनको अवलोकन गरे । ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ नाम दिइएको उक्त प्रदर्शनी तीन दिनसम्म हुनेछ । प्रदर्शनीमा नेपालको खेलकुद इतिहास झल्काउने करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरहरू राखिएको छ ।

विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री, जर्सी, खेल सहभागी हुँदाका कार्ड र अन्य ऐतिहासिक स्मृतिचिन्हहरू प्रदर्शनमा राखिएको ओलम्पिक संग्रहालय (एनओएम) की अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिइन् ।

नेपाल ओलम्पिक संग्रहालय (एनओएम) नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ । मन्त्री पोखरेलले संग्रहालयको व्यवस्थापनमा छलफल गरी सरकार अघि बढ्नेमा ढुक्क हुन आश्वासन दिए । संग्रहालयकी अध्यक्ष सन्सीले आफ्ना पिताले खेलाडी र संघसंस्थाहरुबाट संकलन गरी ल्याएका तस्बिर, ट्रफी, पदकलाई नेपालमै पहिलो पटक प्रदर्शनी गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् ।

संस्थाको ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन गर्न भएको हो । वरिष्ठ खेलकुद पत्रकार क्षितिजअरुण श्रेष्ठले नेपाल ओलम्पिक संग्रहालय (एनओएम) को स्थापना गरेका हुन् । उनै क्षितिज अरुण र दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोकी स्वर्ण विजेता मञ्जु तुलाधारको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गर्न उक्त प्रदर्शनी भएको हो । क्षितिज अरुण र मञ्जुको गत वर्ष निधन भएको थियो ।

सन्सी उनीहरूकै सन्तान हुन् । तीन दिने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । –न्युज एजेन्सी नेपाल