१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार नजिकै राजतन्त्र पक्षधर र प्रहरीबीच झडप



अ+ अ-

काठमाडौँ । राजतन्त्र पक्षधर र प्रहरीबीच सिंहदरबारको पश्चिम गेट नजिकै झडप भएको छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राजधानीमा र्याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबिच झडप भएको हो । 

र्यालीसहित सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा जान नपाइने भन्दै रोकेपछि झडप भएको हो । प्रहरीले लाठीचार्जबाट प्रदर्शनकारी घाइते भएका छन् ।  

र्यालीका सहभागीले झडपपछि प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए ।