१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार नजिकै राजतन्त्र पक्षधर र प्रहरीबीच झडप



अ+ अ-

काठमाडौँ । राजतन्त्र पक्षधर र प्रहरीबीच सिंहदरबारको पश्चिम गेट नजिकै झडप भएको छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राजधानीमा र्याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबिच झडप भएको हो । 

र्यालीसहित सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा जान नपाइने भन्दै रोकेपछि झडप भएको हो । प्रहरीले लाठीचार्जबाट प्रदर्शनकारी घाइते भएका छन् ।  

र्यालीका सहभागीले झडपपछि प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए ।