६ असार २०८३, शनिबार
,
Latest
संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य



photo: rss
अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । उहाँले प्रश्तुत बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तिब्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

बजेटमा प्रश्ताव गरेको राजश्वसम्बन्धि नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा बिस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमंत्री कर प्रणाली स्थापित भई आन्तरिक राजश्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा पनि आफूले गरेको अर्थमन्त्री पुनको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘प्रश्तुत बजेट कार्यक्रमबाट नयाँ चरणको आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुनेछ । लामो समयदेखि पुँजीगत खर्चको परिचालन देखिएका अवरोध समाधान हुने र सार्वजनिक वित्त प्रणाली थप चुस्त भई सार्वजनिक खर्चको प्रभावकारिता बढने अपेक्षा गरेको छु । बजेटमा प्रश्ताव गरेको राजश्व सम्बन्धि नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजश्व आधार तथा दायरा बिस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा गरेको छु ।

यो बजेटका कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तिब्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास लिएको छु । बजेटमा प्रस्ताव गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु ।’

अर्थमन्त्री पुनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने दाबी समेत गर्नुभयो ।