२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन,पर्यटन पूर्वाधार विकासमा ५ अर्ब ४६ करोड



Tourist/File photo
अ+ अ-

काठमाडौँ । सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा विवाहको लागि आउने पर्यटकलाई सहजिकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने बताउनु भयो । उहाँले जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको बताउनु भयो ।

उहाँले मे २९ लाई सगरमाथा दिवसलाई विशेष रुपमा मनाइने बताउनु भयो । उहाँले भरतपुर विमानस्थलको स्तरोन्नती आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनु भयो। उहाँले त्यसको लागि ३६ करोड रुपैयाँ विनियोजन गरिने बताउनु भयो । अर्थमन्त्री पुनले नागरिक उड्यन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवद्र्धन गरिने बताउनु भयो ।

नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटन प्रोफाइल तयार गरिने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने प्रवद्र्धन मिलाइने बताउनु भयो । पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुक प्रमुख शहरमा पर्यटकीय पर्यटक लक्षित रोड शो,मेला महोत्सव जस्ता पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने बताउनु भयो ।