१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अघिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए ।
यस्तै, अनिल साहले २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए । कुशल भुर्तेलले १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

कप्तान रोहित पौडेल १ रन बनाएर आउट हुँदा सन्दीप जोराले ६ रन बनाए। गुल्शन झा शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५–५ रन बनाउँदा अविनाश बोहोरा शून्यमा आउट भएका थिए ।

नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले समान दुई–दुई विकेट लिँदा कलिम साना र परगत सिंहले एक–एक विकेट लिएका थिए।

यसअघि अमेरिकास्थित डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए । उनले ३९ बलमा ५२ रन बनाए । रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३–१३ रन बनाएका थिए । क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एक–एक विकेट लिए ।