२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अघिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।

क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए ।
यस्तै, अनिल साहले २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए । कुशल भुर्तेलले १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

कप्तान रोहित पौडेल १ रन बनाएर आउट हुँदा सन्दीप जोराले ६ रन बनाए। गुल्शन झा शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५–५ रन बनाउँदा अविनाश बोहोरा शून्यमा आउट भएका थिए ।

नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले समान दुई–दुई विकेट लिँदा कलिम साना र परगत सिंहले एक–एक विकेट लिएका थिए।

यसअघि अमेरिकास्थित डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए । उनले ३९ बलमा ५२ रन बनाए । रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३–१३ रन बनाएका थिए । क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एक–एक विकेट लिए ।




भर्खरै