१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीलाई निर्बाचनको तयारीमा जुट्न गृहमन्त्री थापाको निर्देशन



अ+ अ-

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले निर्बाचनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनु भएको छ । प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिदै गृहमन्त्री थापाले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने तयारीका लागी जुट्न निर्देशन दिनु भएको हो । 

निर्बाचनका लागि श्रोत तथा साधनको कमि हुन नदिने  जनाउदै थापाले कुनै कमी कमजोरी भए मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिनु भएको छ ।  गृहमन्त्री थापाले शान्ति सुरक्षा, सीमा सुरक्षा तथा बिपद् ब्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले निर्बाह गरेको भूमिकाको प्रशंसा गर्दे निर्बाचनका बेला पनि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनु भएको हो ।