• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

हैदरावादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन



काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइज हैदरवादलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ ।

एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी भएको हो । यो कोलकाताको आईपीएलमा तेस्रो उपाधि हो । यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो ।

उप–विजेतामै सीमित हैदरावाद कोलकातासँग लगातार दोस्रो खेलमा पराजित भएको हो । जितका लागि १ सय १४ रनको लक्ष्य पाएको कोलकाताले १० दशमलव ३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

विजयी टिमका लागि वेंकटेश अयरले अर्धशतक प्रहार गरे । उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ३९ र वेंकटेश अयरले ५२ रन बनाए । उनीहरूले दोस्रो विकेका लागि निर्णायक ९१ रनको साझेदारी पनि गरे । अयरले २६ बलको इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे र नटआउट पनि रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८ दशमलव ३ ओभर मात्रै टिक्यो र यसक्रममा अलआउट हुँदै १ सय १२ रन मात्रै बनाउन सक्यो । त्यसमा नवौं क्रममा आएका कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसलाई छाडेर कसैले पनि गतिलो योगदान दिन सकेनन् ।

कोलकाताका लागि सबै बलर कसिकसाउ बलिङ गरे । आन्द्रे रसेलले तीन विकेट लिए भने मिचेल स्टार्क र हरसित रानाले दुईदुई विकेट लिए । लिग चरणको समाप्तीमा कोलकाता नै शीर्ष स्थानमा रहेको थियो र उसले पहिलो क्वालिफायरमा दोस्रो स्थानमा रहेको हैदरावादलाई हराएको थियो ।