२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन



अ+ अ-

काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइज हैदरवादलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ ।

एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी भएको हो । यो कोलकाताको आईपीएलमा तेस्रो उपाधि हो । यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो ।

उप–विजेतामै सीमित हैदरावाद कोलकातासँग लगातार दोस्रो खेलमा पराजित भएको हो । जितका लागि १ सय १४ रनको लक्ष्य पाएको कोलकाताले १० दशमलव ३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

विजयी टिमका लागि वेंकटेश अयरले अर्धशतक प्रहार गरे । उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ३९ र वेंकटेश अयरले ५२ रन बनाए । उनीहरूले दोस्रो विकेका लागि निर्णायक ९१ रनको साझेदारी पनि गरे । अयरले २६ बलको इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे र नटआउट पनि रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८ दशमलव ३ ओभर मात्रै टिक्यो र यसक्रममा अलआउट हुँदै १ सय १२ रन मात्रै बनाउन सक्यो । त्यसमा नवौं क्रममा आएका कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसलाई छाडेर कसैले पनि गतिलो योगदान दिन सकेनन् ।

कोलकाताका लागि सबै बलर कसिकसाउ बलिङ गरे । आन्द्रे रसेलले तीन विकेट लिए भने मिचेल स्टार्क र हरसित रानाले दुईदुई विकेट लिए । लिग चरणको समाप्तीमा कोलकाता नै शीर्ष स्थानमा रहेको थियो र उसले पहिलो क्वालिफायरमा दोस्रो स्थानमा रहेको हैदरावादलाई हराएको थियो ।