७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका खेल्ने ठाउँमा आगलागी, २७ जनाको मृत्यु



तस्विर : बीबीसी
अ+ अ-

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित बालबालिका खेल्ने ठाउँ (गेम जोन)मा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । घटनास्थलबाट २५ जनाभन्दा धेरैलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा हिजो दिउँसो आगलागी भएको हो । तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीमा जलेका शवहरु पहिचान गनै नसकिने अवस्थामा भेटिएका छन् । भेटिएका शवहरुका डीएनएस परीक्षण गराउने तयारी छ ।
गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक गेम जोनमा आएका थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगलागी भएको बताइए पनि कारण खुल्न सकेको छैन ।

यसैबीच गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको हो । यो घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।