२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिकेन्सलाई २७ रनले हराउदै नेपालको ‘क्लिन स्वीप’



अ+ अ-

काठमाण्डौ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा पनि ह्युस्टन हरिकेन्सलाई हराएको छ ।

आज बिहान प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा हरिकेन्सलाई २७ रनले हराउदै नेपालले दुई खेलको सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा सिमित रह्यो । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए ।

नेपालको जितमा करण केसीले ३, सोमपाल कामीले २ तथा कप्तान रोहितकुमार पौडेल, अबिनाश बोहरा र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । नेपालका रोहितकुमार पौडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए । ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।

शुक्रबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।