• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

हरिकेन्सलाई २७ रनले हराउदै नेपालको ‘क्लिन स्वीप’



काठमाण्डौ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा पनि ह्युस्टन हरिकेन्सलाई हराएको छ ।

आज बिहान प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा हरिकेन्सलाई २७ रनले हराउदै नेपालले दुई खेलको सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा सिमित रह्यो । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए ।

नेपालको जितमा करण केसीले ३, सोमपाल कामीले २ तथा कप्तान रोहितकुमार पौडेल, अबिनाश बोहरा र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । नेपालका रोहितकुमार पौडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए । ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।

शुक्रबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।