२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक आईपीएलसँगै श्रीमतीको जीवनबाट पनि बाहिरिएका हुन् ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टीमका स्टार क्रिकेटर हार्दिक पाण्डेयको टीम मुम्बई इन्डियन्स आईपीएल २०२४ बाट बाहिरिसकेको छ । धेरैपटक फाइनल जित्ने टिमको हिस्सा रहेका पाण्डेयको टीम यसपटक भने क्वालिफायरभन्दा अगाडि नै बाहिरिएको हो ।

खेलसँगै हार्दिक आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चामा आएका छन् । यतिबेला उनले आफ्नी पत्नी नताशा स्टान्कोभिकसँग सम्बन्धविच्छेद गर्न लागेका कुरा भारतिय मिडियामा टन्नै भेटिन्छन् । यद्यपी यस सम्बन्धमा आधिकारिक जानकारी भने आएको छैन ।

पाण्ड्या र नताशा सामाजिक सञ्जालमा निकै सक्रिय छन् । तर, फेब्रुअरीदेखि यी दुवै सामाजिक सञ्जालमा सँगै देखिएका छैनन् । आईपीएल २०२४ मा पाण्ड्या नराम्ररी ट्रोल भएका थिए । मुम्बई इन्डियन्सको कप्तानीका कारण उनको आलोचना भएको थियो र अब उनी आफ्नो व्यक्तिगत जीवनका कारण समस्यामा पर्ने बताईएको छ ।

हालै हार्दिककी श्रीमतीले इन्स्टाग्रामबाट पतिको नाम हटाएकी छन् । जसले गर्दा सामाजिक सञ्जालमा मानिसहरू उनीहरूको सम्बन्धमा दरार आएको अड्कलबाजी गरिरहेका छन् ।

गत मार्च ४ गतेका दिन नताशाको जन्मदिनमा हार्दिकले कुनै पोष्ट नगर्दा पनि सबैले सम्बन्धमा दरार आएको अनुमान लगाइरहेका थिए । नताशाले नाम हटाए पनि पतिसँगका तस्वीरहरू भने हटाएकी छैनन् ।

हार्दिकले २०२० मा नताशासँग विवाह गरेका थिए ।