• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

अभ्यास खेलमा नेपालले ह्युस्टनलाई हरायो



काठमाडौँ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा विजयी हासिल गरेको छ ।

प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले ह्युस्टन हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनायो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेपालका लागि अनिल कुमार शाहले सर्वाधिक रन बनाए । उनले ३० बलमा ४७ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए।

नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ।

४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ।