१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताउनु भयो । उहाँले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले तेक्वान्दो छोरीहरुलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरु कम हुने बताउनु भयो । उहाँले खेलले शरीरलाई स्वस्थ बनाउने बताउनु भयो । उहाँले जिल्ला, पालिकाहरुमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरु छन् । महिला हिंसाका घटनाहरु भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरुमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताउनु भयो । उहाँले खेलबाट अनशासित हुन, मेहनती हुन प्रेरित हुने बताउनु भयो । उहाँले खेललाई प्रोत्साहन दिनुपर्ने बताउनु भयो ।