७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न देउवासँग प्रचण्ड-नेपालको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन् । बुधबार साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् ।

देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् । दाहालले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताए । त्यसपछि दाहालले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राखेका थिए ।

दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको सम्बद्ध स्रोतको भनाइ छ । उनीहरूले संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गरेका थिए तर देउवाले सकारात्मक जवाफ नदिएपछि अब कस्तो परिस्थिति आउँदा कुन हिसाबले सहकार्य गर्ने भनेर कुराकानी भएको हो ।

‘पहिले त प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनको आँधीबेहरी नै ल्याउनुपर्छ भन्नेबारेमै हाम्रो नेतृत्व केन्द्रित भयो, त्यसमा देउवाजीको पनि समर्थन थियो,’ नेकपा उच्च स्रोतले भन्यो, ‘त्यसपछि हाम्रा अध्यक्षद्वयले आन्दोलनमा तपाईंको समर्थन हो भने आन्दोलन कमजोर बनाउने गरी किन चुनावमा जाने कुरा गरिरहनुभएको छ भनेर सोध्नुभएको थियो ।’ उक्त प्रश्नमा कांग्रेस सभापति देउवाको जवाफ के थियो त रु ‘हाम्रो पहिलो प्राथमिकता त प्रतिनिधिसभा पुनःस्थापना नै हो, मैले केपी ओलीले असंवैधानिक काम गरे भनिसकेकै छु, संसद् पुनःस्थापित होलारनहोला, त्यही भएर चुनावको तयारीमा पनि लागौं भनेको हो, प्रतिनिधिसभा पुनःस्थापना हुन्न चुनावमा लागौं भनेको हैन, दुईवटै विकल्प खुल्ला राखौं भनेको हो,’ देउवाले दाहाल–नेपालसँग भनेका थिए ।

त्यसपछि नेकपाका अध्यक्षद्वयले अहिले प्रतिनिधिसभा पुनःस्थापित हुन्न भन्दा पनि पुनःस्थापनाका लागि एकजुट होऔं भनेर प्रस्ताव गरे । ‘अनि बल्ल उहाँहरूका बीचमा प्रतिनिधिसभा पुनःस्थापित भए के हुन्छ त भन्ने कुरा आएको थियो,’ नेतात्रयसम्बद्ध स्रोतको भनाइ छ, ‘प्रतिनिधिसभा पुनःस्थापित भए देउवा प्रधानमन्त्री बन्न ओलीकै साथ चाहिन्छ भन्ने छैन भनेर हाम्रातर्फबाट कुरा गयो, त्यसमा उहाँले प्रतिक्रिया दिनुभएको छैन ।’

यसअघि नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने बहुमत भए पनि अब पार्टी विभाजन भएपछि सरकार बनाउन कांग्रेसको साथ नभई हुन्न । प्रतिनिधिसभा पुनःस्थापित भए पनि देउवा दुवै पक्षको तानातानमा पर्ने निश्चितप्रायः छ । त्यसैले विवाद नेकपाको भए पनि शक्ति सन्तुलनको केन्द्रमा देउवा छन् । छलफलका क्रममा देउवाले अहिलेसम्म नेकपा नफुटेकाले प्रतिनिधिसभा पुनःस्थापित भएसँगै एक हुने सम्भावना रहेको बताएका थिए । ‘तपाईंहरूको कुनै भर छैन,’ देउवाले दाहाल–नेपालसँग भनेका थिए, ‘अहिले एकथोक कुरा गर्नुहुन्छ, भोलि अर्कैथोक गर्नुहुन्छ । पहिले पनि धोका दिनुभएकै हो ।’ जवाफमा नेकपा नेतृत्वले भने प्रतिनिधिसभा पुनःस्थापित भएपछि ओलीसँग मिल्ने त होइन, तर ओलीसँग मिलेर प्रतिनिधिसभा पुनःस्थापित गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

‘प्रतिनिधिसभा पुनःस्थापित भइसकेपछि परिस्थिति नै बदलिन्छ, मिलिराख्न जरुरी भएन तर तपाईं अहिले ओलीको पछि लागेर चुनाव कि चुनाव गर्नुभयो भने चुनाव पनि नहुने र प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने सम्भावना धेरै रहन्छ,’ नेकपा नेतृत्वको भनाइको सार उल्लेख गर्दै स्रोतले भन्यो, ‘त्यो अवस्थामा संविधान, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि ओलीसँग मिलेर प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यतिबेला नेकपा एक पनि हुन्छ, केपी नै प्रधानमन्त्री हुन पनि सक्छन् । त्यसैले नेकपा एक भयो भने तपाईंको कारणमात्रै हुन्छ ।’ यसमा देउवाले थप प्रतिक्रिया दिएनन् ।

दाहाल–नेपालले निकै अघिदेखि देउवालाई भेट्न कोसिस गरिरहेका थिए तर भेटेपछि नयाँ बबन्डर मच्चिन्छ भन्दै देउवाले टारिरहेका थिए । लगत्तै पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई गएका दाहाल शनिबार फर्किए । मंगलबार पोखराको आमसभालाई सम्बोधन गरेर फर्किने क्रममा दाहाल र नेपालले देउवालाई भेट्न प्रस्ताव गर्दै फोन गरेका थिए । उक्त फोन संवादमा पनि अहिले नभेटौं, फोनमै कुरा गरौं भन्ने देउवाको प्रस्ताव थियो । दाहालले बरु बिनासुरक्षागार्ड सुटुक्क भेटौं भनेपछि देउवा भेटघाटका लागि राजी भएको र उनीहरूका बीचमा राजधानीको एक गोप्य ठाउँमा दुई घण्टा संवाद चलेको देउवानिकट स्रोतको भनाइ छ ।

कामचलाउ प्रधानमन्त्री ओली र सभापति देउवाका बीचमा गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएयताका सबै राजनीतिक घटनाक्रममा संवाद र सहमति भएको थियो । प्रधानमन्त्री ओली स्वयंले पार्टी एक हुँदाको अन्तिम अर्थात् पुस १ गतेको स्थायी कमिटी बैठकमा देउवाकै सहमतिमा अध्यादेश ल्याएको बताएका थिए । पछि त्यसको पुष्टि संवैधानिक आयोगहरूमा देउवाको सिफारिसका मान्छेहरूको नियुक्तिसँगै भयो । यस्तै ओलीले आफ्ना निकटस्थहरूसँगको संवादमा कुनै पनि हालतमा प्रतिनिधिसभा पुनःस्थापित नहुने र भई नै हाल्यो भने पनि सुरुमा देउवा र त्यसपछि आफू प्रधानमन्त्री बन्ने गरी सहमति भइसकेको बताएका छन् । यसको पुष्टि गत आइतबार साँझ कान्तिपुरसँगको कुराकानीमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गरेका थिए ।

‘अब चुनावको माहोल तयार भइसक्यो, हामी चुनावमै जाने हो,’ रायमाझीले भने, ‘कथम् प्रतिनिधिसभा पुनःस्थापना भयो भने पनि हामी र कांग्रेसको संयुक्त सरकार बन्छ । वर्षौंसम्म जान्छ, अर्को पक्ष हेरेको हेर्‍यै हो ।’ उनले कांग्रेससँग चुनावी गठबन्धन पनि हुने दाबी गरे । सुरुका दिनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सडक आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस दुई दिन पनि नबित्दै दुई खेमामा बाँडियो । त्यसपछि देउवाले संसद् विघटनको विरोध गरे पनि चुनावमै जानुपर्ने भएकाले त्यसको तयारी गर्नुपर्ने बताउँदै आएका छन् । उनले पार्टी बैठकमा पनि चुनाव नै हुने बताइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको एउटा समूह भने प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुकमा ठूलो संवैधानिक दुर्घटना हुने भन्दै अहिलेको एजेन्डा पुनःस्थापना मात्रै हुनुपर्नेमा जोड दिइरहेका छन् ।

सडकमा रहेको कांग्रेस नै दुई कित्तामा हुँदा कार्यकर्ता अलमलमा परेका छन् भने आन्दोलनरत दाहाल–नेपाल समूहले प्रस्ताव गरेको संयुक्त आन्दोलन पनि हुन सकिरहेको छैन । त्यसैले प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध छुट्टाछुट्टै आन्दोलन चलिरहेको छ ।

यिनै राजनीतिक विकासक्रमहरूको पृष्ठभूमिमा देउवासँग भेटेका दाहाल–नेपालनिकट स्रोतलाई कान्तिपुरले सोधेको थियो, ‘दुई घण्टा भेट्दा देउवाको मुड कस्तो पाइयो रु’ अध्यक्षद्वयको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरुमा त उहाँ प्रधानमन्त्रीकै लाइनमा भएझैं देखिएको थियो, पछि असंवैधानिक कदमको भरिया बन्ने हो कि लोकतन्त्र र संविधानको रक्षाका लागि एकै ठाउँमा उभिने भन्ने विषयको आसपासमा कुरा भएपछि सोचमग्न हुनुहुन्छ, पार्टीमा सरसल्लाह गर्छु भन्नुभएको छ, हाम्रो प्रयास संयुक्त संघर्षकै छ । हेरौं के हुन्छ ।’ कान्तिपुर दैनिक




भर्खरै