५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित



अ+ अ-

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौं , भीमेश्वर नगरपालिका र पशुपति चौलागाई स्मृति अस्पताल  चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेटिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।

नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताउनुभयो ।

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रचित शर्माले  शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुुभयो । शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ ।

शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाई  स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताउनुभयो ।रासस