१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दुबै समूहको स्थायी समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समूहको स्थायी कमिटीको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नु भएको नेकपाको स्थायी समितिको  बैठक बालुवाटारमा बसिरहेको छ भने दाहाल–नेपाल समूहको बैठक पूर्व माओबादीको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्दैछ ।

ओली पक्षको बैठकमा पछिल्लो राजनीतिक अवस्था मुलुकमा विभिन्न भागमा भै रहेको संगठनको कार्यक्रम बारेमा छलफल हुने एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो ।

उता दाहाल –नेपालको स्थायी समितिको बैठकमा प्रतिनिधिसभा विघटन बिरुद्धको आन्दोलन, पार्टी पदाधिकारी चयन र संगठनात्मक कामका बारेमा छलफल हुने बताइएको छ ।