१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतविभाजनमा यस्तो देखियो – फोटोफिचर



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२)बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।

उहाँको पक्षमा १५७ मत परेको थियो । यस्तै, विपक्षमा एक मत पर्यो । १५८ सांसदले मतविभाजनमा भाग लिएका थिए ।

उहाँले संसद्बाट चौंथोपटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।