२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको सचेतक परियारले बताए ।

वर्तमान सरकारमा सहभागी उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने आजको बैठक पनि अवरुद्ध गर्ने तयारीमा छ ।