• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित



file photo

काठमाडौँ । संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा गर्ने कार्यबारे छलफल गर्न बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलको बैठक चलिरहदा बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक भने प्रभावित भएको छ ।

कार्यव्यवस्था बैठकको सूचना आइतबार नै दिइएको थियो । तर कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु बैठकमा नआएपछि कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरि बोलाईएको छ ।