६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । राति १०ः३० बजे करिब साढे तीन घण्टा ढिलो टस भएपनि खेल सञ्चालन हुन सकेन । यस्तो अवस्थामा दुवै टोलीले एक–एक अंक पाएका छन् ।

यी अंकसहित कोलकाता (२० अंक) पहिलो र राजस्थान (१७ अंक) तेस्रो स्थानमा छ । यस्तो अवस्थामा क्वालिफायर–१ कोलकाता र हैदरावादबीच मे २१ मा अहमदाबादमा खेलिनेछ । यही मैदानमा मे २२ मा राजस्थान र बैंगलोरबीच एलिमिनेटर खेल हुनेछ ।

आइतबार सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गर्यो । यो जितसँगै हैदरावाद शीर्ष २ मा पुगेको छ ।