११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै

बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै
अ अ+ अ-

लन्डन । बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन 
गर्ने भएका छन् ।

नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष गांठ मनाउन टेन डाउनिङ स्ट्रिटमा विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत रुपमा वा सानो समूहसंग भेटघाट गरेपनि समुदायलाई नै सम्बोधन गर्न लागेको यो पहिलो ऐतिहासिक मानिएको छ ।

यही मे २० तारिख सोमबार साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकले सम्बोधन गर्ने कार्यक्रम छ ।

बेलायत र नेपालबीच द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्षगांठ मनाउने उद्देश्यले कार्यक्रम तय भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालका अनुसार समारोहमा बेलायतको नेपाली समुदायबाट प्रतिनिधिमूलक रुपमा झण्डै १२० जनाको सहभागिता रहनेछ । त्यस्तै, नेपालसंग निकट करिब दुई दर्जन बेलायती पनि सहभागी हुनेछन्।

टेन डाउनिङ स्ट्रिटभित्र कार्यक्रम गर्न लन्डनस्थित समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेको मुख्य भूमिका छ ।

‘बेलायत नेपालको पहिलो द्विपक्षीय सम्बन्ध भएको मुलुक हो । दुई देशबीच झण्डै २०८ वर्ष लामो ऐतिहासिक सम्बन्ध रहिरहंदा मैत्री सन्धिको एकसय वर्षगांठ एउटा ऐतिहासिक कार्यक्रमसहित मनाउने सोचले सार्थकता पाएको छ’, लामिछानेले भने, ‘यसमा नेपाली दूतावास र समुदायको पनि विशेष योगदान रह्यो ।’

बेलायत सरकार र यहांको राजनीतिक वृत्तसंग निकट लामिछानेकै पहलमा यसअघि पनि बेलायत नेपाल द्विपक्षीय सम्बन्ध अभिवृद्धिमा केन्द्रित विभिन्न कार्यक्रम हुंदै आएका छन् ।