४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

विपद् व्यवस्थापन चुनौति तथा अवसर

विपद् व्यवस्थापन चुनौति तथा अवसर
अ+ अ-

काठमाडौं । हाम्रो समाजमा विपद बाजा बजाएर आउदैन भन्ने चलन छ । हो पनि कोरोना भाइरस २०१९ मा आउछ र यति बिघ्न सताउछ भन्ने कुरा सायदै थाहा थिएन होला । २०७२ सालको भुकम्पको धक्का आउदै गर्दा म आफै लमजुङ्गको दोर्दी गाउँपालिकाको हिले बजारमा थिए । आफै हिड्दै गरेको जमिनमा टेक्दा दशैको पिङ्ग जसरी हल्लीएको अनि आफु अघिका घरहरु हावाहुरी चलेको बेलाका बासँ जसरी नुहिएको देखेको घटना ताजै छ ।  सबैले भोगे जानेकै विषय हो विपद वा अचानक आई पर्ने घटना जसले जन धनको क्षति गर्दछ । विपद भनेको के हो ? प्रकोप भनेको के हो ?

प्रकोप, विपद, विपद व्यवस्थापन,क्षमता, जोखिम, न्युनिकरण, संकटासन्नता, पुर्व तयारी, पुर्व सुचना प्रणाली, खोज, उद्धार, राहत, पुर्न निमार्ण, पुर्नःस्थापना, उत्थानशिल जस्ता शब्दहरुलाई सामान्य  बुझ्न र व्यवहारिक रुपमा बुझाउनु आवश्यक छ । प्रभावकारी परिवर्तन वा विकासका लागि मुख्य चार तत्वहरु आवश्यक हुन्छन । पहिलो त्यस विषयको ज्ञान तथा सिप,दोश्रो त्यस विषय प्रतिको अवधारणा वा बुझाई, तेश्रो त्यस विषय प्रतिको अभ्यास वा प्रयोग र चौथोमा व्यवहार परिवर्तन हुनु आवश्यक छ । यसलाई कोभिड माहामारीको बेला हात धुने र मास्क लगाउने विषयमा जोड्नु भयो भने सहजै बुझ्न सकिन्छ । अथवा घर, विद्यालय, कार्यालयमा झटपट झोला न्य द्यबन तयारी गरेर राख्नु, आकस्मि सम्पर्क नम्बरहरु राख्नु, सुरक्षित स्थानको पहिचान गर्नु जस्ता कार्यहरु कार्यान्वयन गर्नु नै परिवर्तन भएको हो भन्ने बुझिन्छ । 

नेपाल भौगोलिक रुपमा विबिधता भएको देश हो । नेपाली संस्कृति र परम्परा धेरै पुरानो र बलियो पनि छ । विपदको सामना गर्ने विषयमा नेपालको फरक फरक स्थान, भुगोल र क्षेत्रमा फरक फरक अभ्यासहरु प्रयोग हुदै आएका छन । चाहे झापाको बाहुनँडागिमा हात्ति धपाउने तौर तरिका होस वा कोशीको बाढीको सामना गर्ने तरिका अथवा हुम्लाको हिमपातको सामना गर्ने तरिका भनौ वा तराईको आगालागि,शित लहर,हुस्सुको सामना गर्ने तरिका वा उपत्यकामा भुकम्पको सामना गर्ने उपायहरु आ आफ्नै तौर तरिका तथा परम्परागत अभ्यासहरु रहेका छन । नदी किनारमा बासँ रोप्नु,बोरामा माटो भरेर बाधँ निमार्ण गर्नु, घर वरिपरि केराको बोट लगाउनु, गाउँ वस्तीको बिचमा पोखरी खन्नु,घरको भुईमा खाडल खनेर पानि जम्मा गर्नु, नलि किनारका वस्तीहरुमा घर भित्रै अग्लो ठाउँ बनाउनु, अझ सरल भाषामा भन्दा हिउँदमा बर्षाको लागि अन्न पात सिन्की, गुन्द्रुक, मकै भट्टमास, मसेउरा, दाल तेल, चामल भण्डारण गरेर राख्नु यि सबै पुर्व तयारीकै कार्यहरु हुन जसले विपदको समयमा सामना गर्न सहयोग पुगेको छ । 

वर्तमान अवस्थामा यि सबै कार्यहरु नै विपद पुर्व तयारीको लागि प्रयाप्त छैनन किनकी बदलिदो समय अनुसार बहु प्रकोपहरुको समानाका लागि आम मानव समाज पुर्ण रुपले तयार हुन अपरिहार्य छ । हामीले आंकलन गरेको वा अनुमान गरेकै जस्तो मात्र विपद आउछ भन्ने छैन । भनिन्छ विपदको बेलामा सबै भन्दा पहिलो उद्धार कर्ता भनेकै समुदाय हो । त्यसैले समुदायलाइृ नै क्षमतावान बनाउन सके मात्र विपद जोखिम न्युनिकरण हुन सक्दछ । मानव जन्य प्रकोपहरु लाई निस्तेज पार्न सकिन्छ भने प्राकृतिक प्रकोपहरुको असरलाई न्युनिकरण गर्न सकिन्छ । 

नेपाल सरकारले स्थानिय विपद व्यवस्थापन ऐन लगायत विभिन्न ऐन कानुन तथा कार्यविधिहरु निमार्ण गरेको छ यस अर्थमा विपद व्यवस्थापनमा सरकारको पहल कदम सकारात्मक छ भने समुदाय शशक्तिकरण तथा उत्थानशिल समुदाय निमार्ण गर्न भने अझ धेरै कार्यहरु गर्नु पर्ने छ । अर्को तर्फ संकटासन्न समुदायको पहिचान गरि समुदायको क्षमता विकास र पुर्व तयारीका कार्यहरु गर्ने तर्फ आवश्यकता अनुरुपा चासो र सहकार्य हुन नसेकेको तितो यथार्थ हामी सबैले भोगेकै छौं । राहत मुखि कार्यक्रमहरुले खालि प्रभावित समुदायलाई तत्कालका लागि सहयोग गरे जस्तो देखेता पनि दिगो भएका छैनन् । स्थानिय सरकारको अगुवाइृमा त्यस क्षेत्र भित्र कार्य गर्ने विभिन्न गैह् सरकारी संंघ संस्थाहरु, सरकारी संयन्त्रहरु, सुरक्षा निकायहरु, नागरिक समाज, सामुदयिक संस्थाहरु,युवा क्लब, बाल संजाल, आमा समुह सबैको सकृयता र सहभागितामा भने विपद व्यवस्थापन कार्य सहज हुन सक्दछ । दिगो विकासका १७ वटा लक्ष्यहरुमा ९औं लक्ष्यको रुपमा उत्थानशिल पुर्वाधारहरु निमार्ण गर्ने, ११औ सुचकमा सहरहरु र मानव वस्तीहरुलाई समावेशी,सुरक्षित, उत्थानशिल र दिगो बनाउने, १३औं सुचकमा जलवायु परिवर्तन र यसको प्रभावहरुसंग जुझ्न कार्य गर्ने जस्ता विषयहरु समेटिएको छ तर स्थानिय स्तरमा यो विषय गौण रुपमा नै रहेको देखिन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष विकासका कुनै पनि गतिविधिहरु संचालन गर्दा दिगो विकासका सुचाकहरु प्रभावित भने हुन्छन नै विकासवादको सिद्धान्तले पनि यसको वकालत गर्दछ । 

समुदायमा आधारित अवधारणाबाट नै तल्लो तह सम्मको अवस्थाको विश्लेषण गरि समस्या पहचिान गर्न र दिगो प्रकारका योजनाहरु निमार्ण गर्न, आश्यकतामुखि योजनाहरुको छनौट गर्न र तल्लो तह देखि माथिल्लो तह तर्फको अवधारणालाई समटेने भएको हुदाँ विपद व्यवस्थापन गर्न समुदायमा आधारित अवधरणा बढी प्रभावकारी ठहर भएको पाईन्छ । हरेक वर्ष विपदको क्षतिको लेखा जोखा गर्दै वितायौं, राहत वितरणमा लगानि गर्दै विते, यति मुल्य बराबरको क्षति भए भनेर नै विते तर विपद जोखिम न्युनिकरणको अवधारणा अनुसार पुर्व तयारी र क्षमता विकासमा प्रयाप्त लगानी भएमा धेरै हद सम्म क्षति हुन पाउदैन अथवा जोखिम कम हुन्छ भन्ने तर्फ हाम्रो लगानी र ध्येय भने गएको छैन । समुदायको सकृय सहभागिता, निमार्ण भएका ऐन कानुनको कार्यान्वयन, प्रभावकारी समन्वय, सबै तहमा सुचनाको पहुचँ आदि विषयहरुप्रति सुक्ष्म अध्ययन र क्रियाकलापहरु हुन सके पक्कै पनि सबैको लगानी ठिक क्षेत्रमा पुग्दछ र विपदको जोखिम न्युनिकरण भई उत्थानशिल समुदाय निमार्ण हुन्छ र यसका लागि दिवश तथा अभियान मात्र पक्कै पनि काफि भने हुदैनन् तर शुरुवात भने हुन्छ नै र निरन्तर लागेमा नहुने भन्ने विषय भने पक्कै केही छैन ।