११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने
अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ ।

अध्यागमन विभागका महानिर्देशकले आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा), गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी पहिलो पटक मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो ।

शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट प्रत्योजित अधिकारबाट निर्णय प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउनुका साथै विभागलाई थप जिम्मेवार बनाउने विश्वास गृह मन्त्रालयले लिएको छ ।

अध्यागमन ऐन, २०४९ तथा सोको नियमावली, २०५१ र कार्यविधि २०६५ ले व्यवस्था गरे बमोजिम मन्त्रालय (सीमा तथा अध्यागमन शाखा)बाट सम्पादन भइरहेका कार्यहरूमध्ये फाइल पेस भई मन्त्रालयबाट विभिन्न तह हुँदै निर्णय हुने झन्झटिलो प्रक्रियाले काममा ढिलासुस्ती र अनावश्यक प्रक्रियाको अवलम्बन हुने भएकोले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागका महानिर्देशकबाटै टुङ्गिने गरी अधिकार प्रत्यायोजन भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

महानिर्देशकले गृहमन्त्रीस्तरबाट २०६६/०७/१६ मा निर्णय भए बमोजिम ११ वटा निषेधित देशहरू (इराक, प्यालेष्टाइन, अफगानिस्तान, इथियोपिया, लाइबेरिया, सोमालिया, नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड र क्यामरुन) बाट नेपाल आउने नागरिकहरूलाई प्रचलित कानून बमोजिम आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा) जारी गर्न सक्नेछन् ।

अध्यागमन नियमावली, २०५१ को नियम १० (क) को कार्यका लागि अध्यागमन नियमावली, २०५१ को नियम १२ को उपनियम (१) को खण्ड (झ) बमोजिमका विषयमा अध्ययन भिसा जारी गर्ने सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो । अध्यागमन नियमावली, २०५१ को नियम ३१ क खण्ड (ग) सँगको सम्बन्धित भिसा दस्तुर छुट दिन सक्ने छन् भने विदेशी नागरिकलाई कार्य सहमति प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७७ बमोजिम कार्यसहमति प्रदान गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।

प्रत्यायोजन भएका विषयको कार्य फर्स्योट प्रतिवेदन साप्ताहिक-मासिक रूपमा मन्त्रालयमा पेस गर्ने गरी गरिएको अधिकार प्रत्यायोजनले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउने गृह सचिव एकनारायण अर्यालको विश्वास छ । ‘सेवा प्रवाहलाई जतिसक्दो कम झन्झटिलो र छिटो बनाउने मुख्य उद्देश्य हो’, गृह सचिव अर्यालले भने, ‘जति धेरै स्टेप भयो त्यति नै धेरै समय र जनशक्ति लाग्ने भएकोले महानिर्देशकबाटै टुंगिने विषयलाई मन्त्रालयसम्म किन पुर्याई राख्न भनेर प्रक्रिया नै छोट्याइएको हो ?’

यसले विभागलाई थप जिम्मेवार बनाउनुका साथै मन्त्रालयको बोझसमेत घटेको र जसको सकरात्मक प्रभाव सेवा प्रवाहमा पर्ने गृह सचिव अर्यालको भनाई छ । शुुक्ष्म रुपमा चलाइएको आन्तरिक शुद्धिकरण अभियानमार्फत् सेवालाई चुस्त र प्रभावकारी बनाउँदै लगेका गृह सचिव अर्यालले गृह प्रशासनको मुहार फेर्न विभिन्न सुधारका योजनाहरु अघि सारेका छन् । जसको प्रभाव क्रमशः मातहत कार्यरत कर्मचारी र आम नागरिकले महसुस गर्न थालेका छन् ।