२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिम रावत र साइपाल फाइनलमा



अ+ अ-

काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित गर्यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को झीनो अन्तरले हरायो ।

गल्र्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासंग खेल्ने छ ।

प्रतियोगिता शनिबार सम्पन्न हुने छ । प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने   छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ ।