३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिम रावत र साइपाल फाइनलमा



अ+ अ-

काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित गर्यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को झीनो अन्तरले हरायो ।

गल्र्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासंग खेल्ने छ ।

प्रतियोगिता शनिबार सम्पन्न हुने छ । प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने   छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ ।