२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएको छ । विधेयक फिर्ता लिने पत्र शुक्रबार बिहान मात्र संसद् सचिवालयमा दर्ता गराइएको छ ।

उक्त विधेयक फिर्ता भएसँगै सरकारलाई नयाँ विधेयक दर्ताको बाटो खुल्ने छ भने आवश्यकता परेको खण्डमा अध्यादेश ल्याउने बाटो पनि रहने छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमालेबाट हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रहेका माधव नेपाललाई विभाजन गर्नका लागि राजनीतिक दल सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरेको थियो ।

२० प्रतिशतबाट एमाले विभाजितपछि सरकारले राष्ट्रपतिमार्फत अध्यादेश फिर्ता गरेपछि ऐन निष्क्रिय भएकाले विधेयक पेश भएको थियो । संसद बन्द भएको बेला अध्यादेश जारी भएपछि त्यसलाई अर्को संसद बैठकमा पेश गर्नुपर्नेमा तत्कालीन सरकारले उक्त विधेयक फिर्ता लिएको थियो ।

अध्यादेश बमोजिम माधव नेपालको पार्टी फुटेको र सो व्यवस्था कायम रहँदा तत्कालीन सत्ता गठबन्धनकै अन्य दल पनि विभाजन हुने देखिएपछि सरकारले शीतल निवासबाट विधेयक फिर्ता गराएको थियो ।

सरकारले चाहेमा जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ । सरकारले नै विधेयक संसदमा दर्ता गर्ने भएकाले उसले चाहेमा जुनसुकै समयमा विधेयक फिर्ता लिनसक्छ ।

यो विधेयक बिहीबारको कार्यसूचीमा पनि परेको थियो । तर नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूची प्रभावित भएपछि छलफल हुन पाएन ।