११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

मदन-आश्रितको सपनालाई साकार बनाउने कार्यमा अविचलित रूपमा लागिरहनु पर्छ: पूर्वराष्ट्रपति भण्डारी

मदन-आश्रितको सपनालाई साकार बनाउने कार्यमा अविचलित रूपमा लागिरहनु पर्छ: पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको सपनालाई साकार बनाउने कार्यमा अविचलित रूपमा लागिरहनु पर्ने जनाउनु भएको छ ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा श्रद्धेय दिवंगत नेताहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे उहाँले यस्तो जनाउनु भएको हो । उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ ‘नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने जननेता मदन भण्डारी र जीवराज आश्रितको सपनालाई साकार बनाउने कार्यमा अविचलित रूपमा लागिरहन जननेताद्वारा प्रतिपादित मौलिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ले हामीलाई मार्गदर्शन गरिरहनेछ ।

उहाँहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुदै उहाँले जननेता मदन भण्डारीद्वारा प्रस्तुत गरिएको तथा नेकपा (एमाले) को पाचौँ राष्ट्रिय महाधिवेशनद्वारा पारित दस्तावेज ‘नेपाली क्रान्तिको कार्यक्रमस् जनताको बहुदलीय जनवाद’ बाट उद्धृत अंश समेत उल्लेख गर्नुभएको छ ।

उहाँले उद्धृत गर्नुभएको अंश यस्तो रहेको छ ।

“नेपाल भूपरिवेष्ठित छ । देशको प्रगति र विकासका निम्ति यो एउटा प्रतिकूलता र बाधा बनेको छ । तर यो नियतिका रूपमा छ र यसमा परिवर्तन सम्भव छैन । यसले छिमेकीहरूसँग मित्रतापूर्ण सम्बन्ध राखेर आफ्नो विकास निर्माण गर्नु अनिवार्य बनाएको छ । वैदेशिक दासत्व र पराधीनता हामीलाई स्वीकार्य छैन र शत्रुता हाम्रो चाहना होइन । त्यसकारण हामी समानता र पारस्परिक लाभमा आधारित पञ्चशीलको सिद्धान्तअनुरूप मित्रतापूर्ण सम्बन्ध विकास गरेर यो प्रतिकूलतामा विजय हासिल गर्न चाहन्छौं, तर यो आफ्नो देशका जनतालाई शोषण उत्पीडन गर्ने र विदेशी शक्तिसामू घुडा टेक्ने प्रतिक्रियावादी वर्ग र राजनीतिक शक्तिबाट सम्भव छैन । यसबाहेक प्राकृतिक स्रोत सम्पदामा हाम्रो देश धनी छ र जनताहरू इमान्दार तथा परिश्रमी छन् । सामन्ती तथा साम्राज्यवादी शोषणलाई समाप्त पार्ने जनताको श्रम, सिप र प्रतिभालाई, विकास निर्माणमा सञ्चालन गर्ने तथा प्राकृतिक स्रोत सम्पदालाई राष्ट्रिय हितमा उपयोग गर्ने प्रगतिशील विकासको दिशा अवलम्वन गर्ने हो भने नेपाल एउटा सुन्दर, समृद्ध र सुखी देश बन्नसक्ने कुरामा कुनै शंका गर्नु पर्दैन ।”